३१ साउन, एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता रद्ध गरेको घोषणा गरेको छ । उसले अब दक्षिण कोरियासँग वार्ता र संवाद नगर्ने घोषणा गरेको हो । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनको सम्बोधनको जवाफमा वक्तब्य जारी गर्दै उत्तर कोरियाले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसअघि दक्षिण कोरियाली सेनाका अनुसार शुक्रबार उत्तर कोरियाले आफ्नो पूर्वी समुद्रीतटमा दुई वटा मिसाइल प्रहार गरेको थियो । पछिल्लो एक महिनाको बीचमा उत्तर कोरियाले ६ पटक मिसाइल प्रक्षेपण गरेको थियो । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास रोक्नुपर्ने भन्दै मिसाइल प्रक्षेपण गरेको हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुनले निशस्त्रीकरणतर्फ उन्मुख भएकाबेला वार्ता अवरुद्ध गर्ने घोषणा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मुनले आफ्नो वयानमा शान्त र समृद्ध कोरियाली प्रायद्वीपको पूर्वी एशिया पर्खाइमा रहेको बताएका थिए । यसको जवाफमा किमले भनेका छन् , अमेरिकासँग सैन्य अभ्यास जारी राखेर कोरियाली प्रायद्वीपमा शान्ति र शान्तिपूर्ण अर्थव्यवस्थाको कुरा संभव छैन ।