१४ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री शेर बहादुर देउवाले बिहीबार शिक्षण अस्पताल पुगी उदयपुर घाईतेको स्वास्थ्य अबस्थाकाबारे जानकारी लिएका छन ।

बुधबार उदयपुरको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी कटारीबाट नेपालटारबजारमा आयोजित चुनावीसभामा जाँदै गर्दा दनुवारबेसीमा एम्वुसमा परि ९ जना घाईते भएका थिए ।

प्रधानमन्त्री देउवाले घाईतेको उपचार भईरहेको शिक्षण अस्पतलमा पुगी घाईतेको अबस्थाका बारे जानकारी लिदै घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्ने आश्वासन समेत दिएका छन । प्रधानमन्त्री देउवाले सबै घाइतेको स्वास्थ्यलाभको कामना गर्दे अपराधिक क्रियाकलापको भत्र्सना समेत गरेका छन ।

उदयपुरमा एम्वुसमा परि उम्मेदवार कार्की र उनका सहयोगी मीरा कटुवाल, प्रहरीजवान कालिदास श्रेष्ठ, चालक राजन कार्की, सहयोगी गणेश पुरी र ७२ वर्षीया वृद्धा धनमाया सार्की घाइते भएका हुन् । उनीहरु सबैलाई बुधबार नै हेलिकोप्टरमार्फत् काठमाडौं ल्याएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याईएको थियो ।