१ असोज, काठमाडौं । नायिका उपासना सिंह ठकुरीले हास्यकलाकार एवं कलाकार विल्सन विक्रम राईको स्केच बनाएकी छन् ।

उपासनाले क्याप लगाएको विल्सनको गज्जबको रुप देख्न सकिन्छ । उपसनाले स्केचमा लेखेकी छन्, ‘कबड्डी कबड्डी कबड्डी –असोज ०३, सेप्टेम्बर २०’ । उनको स्केचलाई विल्सन विक्रम राईले आफ्नो फेसबुकमा सेयर गरेका छन् । फेसबुकमा उपासनाले बनाएको स्केच सेयर गर्दै विल्सनले आफ्नो शुभचिन्तकलाई प्रश्न गर्दै लेखेका छन्, ‘हाम्रो हिरोनी सोल्टीना ले बनाउनुभएको मेरो हाजको अनुहार मिलेको छ ?’

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ र उपसनासँगै विल्सन विक्रम राई, कर्म शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायत कलाकारको अभिनय छ । यो फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहेको छ ।