बलिउड नायिका जरीन खान ४ डिसेम्बरमा रिलिज हुने तयारीको रहेको ‘हेट स्टोरी ३’ मा प्रमुख भुमिकामा देखिदैछिन्। आफ्नी आमाले भनेर सो फिल्म खेलेको बताउने जरिनले फिल्ममा निकै उत्तेजक सीन खिचाएकी छिन्। उनी आफैले पनि दर्शकले सो फिल्म हेरेपश्चात उनीतर्फ हेरिने दृष्टीकोण नै बदलिने बताइ रहेकी छिन्।

Same face actors (1)

सन् २००८ मा सलमान खानसंग ‘वीर’ फिल्मबाट बलिउडमा पाइला टेकेकी जरीनले अहिलेसम्म त्यस्तो उल्लेख्य सफलता हासिल भने गर्न सकेकी छैनन्। हो, उनको एक चीज भने निकै चर्चित भएको थियो। त्यो थियो उनको अनुहार, बलिउडकै सफल नायिका क्याट्रिना कैफसंग मिल्ने भन्दै अहिले पनि चर्चा चल्ने गरेको छ।

जरीन खान र क्याट्रिनाको झै बलिउड तथा हलिउडमा केही अन्य कलाकारहरुको पनि उस्तै अनुहारको चर्चा चल्ने गर्छ।

Same face actors (4)

सन् २००५ मा रिलिज भएको चलचित्र ‘लक्की: नो टाइम फर लभ’मा सलमानले स्नेहा उलाललाई ऐश्वर्यासंग अनुहार मिल्ने भएरनै फिल्ममा लिएका थिए।

Same face actors (5)

जब सोनक्षी सिन्हाले ‘दबंग’ बाट बलिउडमा कदम राखिन तब उनको अनुहारसंग पुरानी नायिका रीना रायको अनुहार मिल्ने चर्चा चल्न थालेको थियो। यो चर्चासंगै सोनाक्षीको पारो तातेको थियो। उनकी आमा पूनम सिन्हाले मिडायालाई गालीगलौजसम्म गर्न भ्याएकी थिइन।

Same face actors (3)बलिउड नायिका अनुष्का शर्मा र पाकिस्तानी पप गायिका नाजिया हसनको अनुसार लगभग उस्तै देखिन्छ।

Same face actors (6)

लेबनानकी गायिका तथा नायिका हाइफा वेहबे र बलिउडकी मोडल राखी सावन्तको अनुहार लगभग मिल्छ।

Same face actors (7)

बलिउड नायक हर्मन बावेजा र ऋतिक रोशनको अनुहार निकै हदसम्म उस्तै देखिन्छ।

Same face actors (8)

स्वीटजरल्याण्डका टेनिस खेलाडी रोजर फेडेरर र बलिडका नायक तथा निर्देशक अरबाज खानको अनुहार लगभग मिल्छ।

bollywood-look-alike6_144

ऋतिक रोशन र हलिउडका नायक तथा निर्माता ब्राडली कुपरको अनुहार पनि उस्तै देखिन्छ।

यो पनि पढ्नुस्।

बलिउडका १० अविवाहित नायिका

बलिउडमा भएका १० रहस्यमय आत्महत्या

बलिउडका १० विवादास्पद चलचित्र

कपाल रोपेका बलिउडका ८ टक्ले नायक

गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका