एक रुसी युवतीकासंग अष्ट्रियन फ्रिडम पार्टीका नेताको भिडियोले त्यहाँको सरकारनै ढलेको छ। यही भिडियोका कारण अष्ट्रियन चान्सलर सेबेस्टियन कुर्जले सत्ताबाट हात धुनु परेको छ।

संसदको विशेष सत्रमा उनले विश्वासको मत लिन सकेनन्।

उनका विरुद्ध पुर्व सहयोगी फ्रिडम पार्टी तथा विपक्षी दल सोसियल डेमोक्रेटले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अष्ट्रियका राष्ट्रिपति अलेक्जेण्डर भेन डर बलनले भाइस चान्सलर हार्टविग लगरलाई अन्तिम नेताका रुपमा नियुक्त गरेका छन्।

उक्त भिडियोबाट एक दृश्य…

विश्वासको मत प्राप्त असफल रहेका कुर्ज सन २०१७ मा ३१ वर्षको उमेतमा चान्सलरमा निर्वाचित भएका थिए।

के थियो भिडियोमा ?

आईबिजा गेटका रुपमा चर्चित भनेको यो भिडियोलाई स्पेनको एक टापुमा खिचिएको थियो। भिडियोलाई कुर्ज चान्सलरनमा निर्वाचित हुनु दुइ हप्ता अगाडी गोप्य रुपमा खिचिएको थियो।

भिडियोमा फ्रिडम पार्टिका नेता तथा भाइस चान्सलर हेन्ज क्रिष्टिन स्टार्चलाई अर्का नेता जोहान गुडुनेससंग देख्न सकिन्छ। भिडियोडमा स्टार्च पिउदँ गर्दा कैद भएका छन्।

जर्मन मिडियाले सार्वजनिक गरेको भिडियोमा एक रसियन युवतीको उपस्थिती देख्न सकिन्छ, उनी रसियन व्यापारीको भतिजी भएको बताइएको छ।

भिडियोमा स्टार्चले युवतीलाई एक अष्ट्रियन अखबार क्रोनेन जेटुङमा ठुलो शेयरको हिस्सा किनेर सहयोग गर्न आग्रह गरिरहेका छन्। उनले यसवापटक कन्ट्रयाक्ट दिलाइदिने समेत युवतीलाई बताएका छन् ।

यही भिडियोलाई जर्मन मिडियाले सार्वजनिक गरिदएपछि शुरु भएको विवादले अन्तत सरकारनै ढल्यो। भिडियो सार्वजनिक भएपछी भाइस चान्सलर स्टार्चले भने पदबाट राजिनामा दिइसकेका छन्।