२० माघ, एजेन्सी । २७ वर्षीय विवाहित युवतले कलेज पढिरहेकी २४ वर्षीया युवतीको हत्या गरेका छन् । आफूसँग विवाहको गर्न नमानेको भन्दै युवकले उक्त युवतीलाई जिउँदै जलाएका छन् । यो घटना भारतको महाराष्ट्रको हो ।

सोमबार बिहान ७ बजे स्थानीय नंदोरी चोकमा पीडित युवतीलाई जलेको अवस्थामा गम्भीर पाइएको थियो । उनलाई स्थानीय अस्पतालमा उपचार पश्चात नागपुरको ओरेन्ज सिटी अस्पतालमा लगिएको छ । पीडित युवती स्थानीय विद्यालयमा अध्यापन पनि गराउँथिन् ।

हिंगटघाटका प्रहरी अधिकारीका अनुसार पीडित युवती स्थानीय महिला कलेजमा विगत ७ महिनादेखि पढिरहेकी छन् । पीडक युवकले कैयौँपटक युवतीसँग प्र्रेमप्रस्ताव राखेका थिए । पीडित युवतीले प्रेम अस्वीकार गरेपछि युवकले पेट्रोल छर्केर जिउँदै आगो लगाइदिएका हुन् ।

आरोपी युवकले पीडितसँग चिनजान थियो भने प्रेम पनि गर्थे । युवतीको विवाह पक्का भइसकेपछि युवकले पीडितमाथि पेट्रोल छर्केर आगो लगाएका थिए । आरोपी युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।