२८ असोज, काठमाडौं । दशैँ सकिएसँगै लगातार घटिरहेको सुनको मूल्य मंगलबार भने बढेको छ ।

मंगलबार छापावाला सुन तोलामा ७ सयले बढेको हो । सोमबार ७० हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।