२० भदौ, एजेन्सी । अमेरिकामा अर्को वर्ष राष्ट्रपतीय चुनाव हुँदैछ । राष्ट्रपततीय चुनावलाई लिएर अमेरिकामा सरगर्मी बढेको छ ।

यहि बीचमा मत सर्वेक्षणका नतिजा पनि सार्वजनिक हुन थालेका हुन् । बुधबार सार्वजनिक गरिएको एक्जिट पोल ट्रम्पलाई झड्का दिनेगरी आएको छ । सर्वेक्षण भन्छ, ‘अबको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ५२ प्रतिशत अमेरिकी नागरिकले अस्वीकार गर्ने योजना बनाइरहेका छन् ।’ ट्रम्प फेरि एक पटक रिपब्लिकन्सको भारी समर्थन जुटाएर दोस्रोपटक सत्तामा जाने तयारीमा छन् ।

मत सर्वेक्षण गर्ने संगठन रसमुसेनले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हाम्रो रिपोर्टमा टेलिफोन र अनलाइन सर्वेक्षण सामेल गरिएको छ । जसमा ४२ प्रतिशत अमेरिकीले ट्रम्पलाई भोट दिने बताएका छन् । ५२ प्रतिशतले ट्रम्पको विपक्षमा मतदान गर्न सक्ने बताएका छन् । ६ प्रतिशतले अहिलेसम्म भोट कसलाई दिने भन्ने निर्णय गरिसकेका छैनन् ।’

पदमा बसिरहेकाविरुद्ध भोट गर्ने बताएकामध्ये ५८ प्रतिशतले अर्को उम्मेदवार हेरेर भन्दा पनि ट्रम्पको विरुद्ध हाल्ने संभावना छ । ३७ प्रतिशतले भने कुनै अरु उम्मेदवार हेरेर भोट दिने बताएका छन् । मत सर्वेक्षणका अनुसार अहिलेपनि धेरैजसो रिपब्लिकनहरु अहिलेपनि ट्रम्पको पक्षमा छन् । ७५ प्रतिशत रिपब्लिकन अहिल् पनि ट्रम्पलाई भोेट दिने पक्षमा देखिएका छन् । जबकी २१ प्रतिशत रिपब्लिकनले भने ट्रम्पको विपक्षमा मत दिने बताएका छन् । सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्पले २७९ र हिलारी क्लिटनको २ सय २८ भोट प्राप्त भएको थियो ।