९ मंसिर, एजेन्सी । २१ वर्षीय एक महिलाले अनौठो बच्चा जन्माएकी छिन । भारतको मध्य प्रदेशमा दुई वटा टाउको, तीन वटा हात र चार वटा पञ्जा भएको बच्चा जन्मिएको हो ।

विश्मै यस्ता बच्चा अत्यन्तै कम जन्मने गरेको चिकित्सकहरुले बताएका छन् । महिलालाई सुत्केरी व्यथाले च्यापेपछि गएको शनिबार अस्पतालमा भर्ना गरिएको थियो ।गर्भवती हुँदा उनको दुई पटक भिडियो एक्सरे गरिएको थियो । जसमा डाक्टरले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको बताएका थिए ।

महिलाको अवस्था जटिल रहेकाले डाक्टरले निकै लामो समयसम्म लगाएर अप्रेशन गरेका थिए । बालरोग विशेषज्ञका अनुसार यस्तो प्रकारका बच्चालाई कन्ज्वाइन्ड ट्वीन्स भनिन्छ । टाउको जोडिएका र छाति जोडिएका कतिपय शिशुलाई छुट्याउन पनि डाक्टरहरुले सकुशल अप्रेशन गर्ने गरेका छन् ।