२५ कात्तिक, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाबाट हराएका चार बालकलाई एक हप्तापछि प्रहरीले फेला पारेको छ ।

File-Photo

कात्तिक १७ गते राति ८ बजे घरबाट निस्किएका १५ वर्षीय दिनेश बुढा क्षेत्री, १५ वर्षकै दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढालाई बर्दियाको जमुनी प्रहरीले फेला पारी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको थियो ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार बालक हराएको सूचना पाएपछि विभिन्न प्रहरी कार्यालयमा समन्वय गरी खोजी कार्य तीव्र पारिएको थियो । चारै जना बालकलाई घरपरिवारको जिम्मा लगाइएको शाहीले बताए । रासस