१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न पाइने पैसाको सीमा घटाएको छ । एटिएमहरु चिनियाँ ह्याकरको निशानामा परेपछि राष्ट्रबैंकले यस्तो सीमा तोकेको हो । चिनियाँ ह्याकरले एटीएम ह्याक गरी एक करोड भन्दा धेरै रकम चोरी गरेपछि राष्ट्रबैंकले एटीएमबाट निकाल्न मिल्ने पैसामा कडाइ गरेको हो ।

राष्ट्रबैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ भन्दा बढी निकाल्न मिल्दैन । यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।