२२ माघ, एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना केही प्रयोगकर्ताको फोननम्बर सरकारको लागि काम गर्ने ह्याकरहरुसमक्ष पुगेको आशंका व्यक्त गरेको छ ।

ट्वीटरको एन्ड्रोडड एप्लिकेसनको एक कमजोरीको कारण यस्तो भएको भन्दै ट्वीटरले माफी मागेको छ । प्रयोगकर्ताले आफ्नो फोनको कन्ट्याक्टलाई ट्वीटरमा अपलोड गर्दा एप्लिकेसनमा भएको कमजोरीका कारण प्रयोगकर्ताको फोननम्बर चोरी भएको एक सेक्युरिटी अनुुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

डिसेम्बरमा सेक्युरिटी अनुसन्धानकर्तालाई यहि कमजोरीक कारण केही बरिष्ठ राजनीतिक व्यक्ति र सेलिब्रेटीहरुको फोन नम्बर पाएका थिए । गतवर्ष डिसेम्बरमा उसलाई ईरान, इजराइल र मलेसियाबाट यस्तो फिचर प्रयोग गर्नको लागि एकदमै धेरै अनुरोधहरु आएका थिए । ट्वीटरले आफ्नो ब्लगमा फोन नम्बरहरु चोरी भएको जानकारी गराएता पनि कति संख्यामा चोरी भएको भन्नबारे जानकारी गराएको छैन ।

इजराइल र ईरान ह्याकिमा सबैभन्दा माहिर खेलाडी देश हो । अमेरिकी थिङ्क ट्यांक कोर्नेसी एन्डोमेन्टको लागि काम गर्ने करीमले बीबीसीलाई इजरायल साइबर क्षमताको मामलामा अमेरिका, रुस र चीनसँगै प्रतिस्पर्धा गर्ने हैसियतमा रहेको बताएका छन् । ट्वीटरले गल्ती सच्याउने बताउँदै जे भयो त्यसको लागि क्षमा मागेको छ ।