९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयलाई बुझाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइएको हो । कार्यदलका संयोजक एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन बुझाउनुअघि कार्यदल आज विहानैदेखि छलफलमा जुटेको थियो ।

प्रतिवेदनका कुरा सार्वजनिक नगरिएपनि यथास्थितीमा एमसीसी पारित गर्न नहुने सुझाव दिइएको छ । अध्यक्ष द्वय ओली र प्रचण्डले एमसीसी पारित हुन्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला यो प्रतिवेदन कार्यान्वयन हुनेमा अशंका उब्जिएको छ ।