२७ कार्तिक, गुल्मी । गुल्मी जिल्लास्थित वाग्लाका ८२ जना विभिन्न पार्टीका कार्यकर्ता पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी गुल्मीका पूर्व सदस्य नन्दलाल पन्थीको नेतृत्वमा नेकपा एमालेबाट ५३ जना, नेपाली काँग्रेसबाट १८ जना र राप्रपाबाट ११ जना एमाओवादीमा प्रवेग गरेका हुन् । अहिलेसम्म पुराना राजनैतिक दलहरुले नयाँ संविधान निर्माण र ग्रामीण क्षेत्रको एकीकृत विकासको लागि कुनै योजना नभएकोले आफूहरु पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेको एमाले पूर्वजिल्ला सदस्य नन्दलाल पन्थीले बताए ।

वाग्ला ५ लाहाटा, वाग्ला ९ द्वानेटा र वार्ड नं ३ आफ्रमा भएको कार्यक्रममा उनीहरुले पार्टी प्रवेग गरेका हुन् । उनीहरुलाई एमाओवादी केन्द्रीय सदस्य तथा उम्मेद्वार वामदेव क्षेत्री, केन्द्रीय सदस्य दिनेश पन्थी, केन्द्रीय सल्लाहकार टंक पोखरेललगायतले अवीर लगाएर स्वागत गरेका थिए ।