१२ माघ, तनहुँ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा २ देउरालीमा आज विहान सवा ७ बजे भएको कार दुर्घटनामा एमाओवादी सांसद सदस्य सहित ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा घाइते हुनेमा एमाओवादी कालिकोटका सांसद बर्ष ५५ का महेन्द्र शाही लगायत बर्ष १६ की सुजा शाही, बर्ष ३५ का देवेन्द्र शाही र बर्ष १८ की माधुरी मगर रहेका छन् ।

samsad gadi accident (1)
काठमाण्डौंबाट पोखरा जाँदै गरेको बा.८ च ७५९१ नम्वरको निजी कार सडकवाट अन्दाजी २० मिटर तल खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । उनी एमाओवादी का तर्फवाट मनोनित सांसद सदस्य हुन् ।

samsad gadi accident (2)

घाइतेहरुको शरिरको विभिन्न भागमा चोटपटक लागेको बताइको छ । सांसद शाहीको अनुहार र घाँटीमा बढि चोट लागेको छ । सांसद शाही सहित अन्य घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।

samsad gadi accident (3)

दुर्घटनाको कारण नखुलेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।