३ असोज, पर्सा ।

पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भए ।

अन्सारीले आपm्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए ।

अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गरे । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।