१६ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।

सरकारले राष्ट्रिय हित बिपरित संविधान संसोधन विधयेक ल्याएको भन्दै त्यसको बिरोधमा एमालेले सदन अवरोध गरेको हो । पार्टी उपाध्यक्ष बामदेव गौतमले आफ्ना भनाइ राखेपछि एमालेसहित राष्ट्रिय जनमोर्चा र नेकपा मालेका सांसदहरु उठेर बिरोध गरेका थिए ।

सभामुख ओनसरी घर्तीले पटक पटक आजको कार्यसूचीमा संविधान संसोधन विधयेक नरहेको बताउँदा पनि सांसदहरु नबसेपछि बैठक भोली दिउँसो ३ बजे बस्नेगरि स्थगित गरिएको छ ।

संसदले आज अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सकेर सिफारिस समितिमा पठाउने कार्यसूची निर्धारण गरको थियो ।