१८ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको चुनाव भएका ३ सय ३४ मध्ये १ सय ९८ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार एमालेले ९४ स्थानमा जित हासिल गरेको छ भने उसले मतगणना भइरहेको ५२ स्थनामा अग्रता पनि कायम राखेको छ । नेपाली काँग्रेसले ७४ स्थान जितिसकेको छ भने ५४ स्थानमा अग्रता बनाएको छ ।

नेकपा माओवादी केन्द्र २६ स्थानमा बिजयी भइसकेको छ भने १२ स्थानमा अग्रता बनाएको छ । अन्य दलका उमेद्बार ४ ठाउँ बिजयी भइसकेका छन् भने १२ ठाउँमा अगाडि छन् ।