२६ भदौ, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । उनी आफू अभिनित चलचित्र ‘पासवर्ड’ फिल्मको प्रिमियरको लागि नेपाल आएकी हुन् । उनी बिहिबार साँझ पासवर्ड फिल्मको प्रिमियरमा सहभागी हुनेछिन् । बिहिबार दिउँसो ४ः१० बजे एअर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी ल्याण्ड भएकी हुन् ।

एयरपोर्टमा झरेकी सन्नी लियोनलाई चलचित्रको निर्माण टीमले ढाकाटोपी र खादा लगाएर सम्मान गरेको थियो । एयरपोर्टबाट सिधै गाडीमा बसेर हायात होटलतर्फ लागेकी थिइन् । उनी त्यहाँ आइपुगेका दृश्य खिच्न पुगेका सयभन्दा बढी युट्युबरहरुको भागाभाग मच्चिएको थियो ।

उनको एयरपोर्टमा कुनैपनि प्रतिक्रिया दिइनन् । साढे सात बजे कुमारी हलमा हुने प्रिमियरमा सहभागी हुने उनले त्यहाँ भने मिडियासँग साक्षात्कार गर्ने कार्यक्रम छ । सन्नी लियोन भोलि नेपाल बसेर शनिबार मुम्बई फर्कनेछिन् ।