२४ भदौ, काठमाडौं । १९ वर्ष मुनीको एसिया कप क्रिकेटमा नेपालले युएईलाई २ सय ८६ रनको चुनौति दिएको छ ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको हो । उसका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको महत्वपूर्ण योगदान गरे । ८३ बल खेलेका उनले ८ चौका र एक छक्का हिर्काए । सन्दिप जोराले ६ चौकाको मद्दतमा ४८ रन जोडे भने मोहम्मद आसिफ शेखले ४५ रन बनाए ।

रसिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रन जोडे । अहिले युएइले जवाफी ब्याटिङ गरिरहेको छ । समाचार तयार पार्दासम्म उसले ३ ओभर खेलिसक्दा विना क्षति ५ रन जोडेको छ ।