२३ फागुन, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च माध्यामिक शिक्षा परीक्षा तोकिएकै समय हुने स्पष्ट पारेको छ ।

फाइल फाेटाे

मन्त्रालयले आज एक विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक सञ्जालहरुमा एसइइ परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द गर्ने भन्ने खालका गलत समाचार प्रवाह भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा चैत ५ भित्र सक्न यसअघि नै मन्त्रालयले निर्देशन दिइसकेको छ ।

‘चैत ६ गतेदेखि हुने गरी तय भएको एसइइको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अत परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ । विज्ञप्तिमा भनिएको छ ।