१३ असोज, एजेन्सी । मोबाइल फोनमा विस्फोट हुँदा एक १४ वर्षीया किशोरीको मृत्यु भएको छ । मृतक युवतीले आफ्नो फोन चार्जमा राखेर सिरानीमा राखेकी थिइन् ।

उनी सुतिरहेको अवस्थामा फोन अचानक विस्फोट भएको हो । यो घटना काजकिस्तानको बास्तोबको हो । डेली मेलको रिपोर्टअनुसार १४ वर्षीया अलुआ एसेटकिजी गीत सुन्दै सुतेकी उनको शव भोलिपल्ट ओच्छ्यानमा थियो ।

विस्फोट भएको फोनले उनको टाउकोमा चोट लागेको उनको मृत्यु भएको हुनसक्छ । स्थानीय मिडियाका किशोरीको फोन बढी तातेकोले विस्फोट भएको हो । अहिलेसम्म विस्फोट भएको स्मार्टफोनको नाम भने सार्वजनिक गरिएको छैन ।