२१ फागुन, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक लहान १९ का मोहम्मद लुतफूर रहमान रहेका छन् ।

गोलबजार नगरपालिका ४ स्थित जनकचोकमा ना ४ ख ४२ ६५ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा को ४ प २०९८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको मोटरसाइकलसँग ठोक्किएर लड्दा रहमानलाई बसले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बा ३१ प ९८८३ नम्बरको मोटरसाइकलका चालक राजुकुमार राई घाइते भएका छन् र उनको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ ।