१२ वैशाख,काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्लिमका मागमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।
मुस्लिम समूदाय रमजानमा रहेकाबेला चुनावको मिति घोषणा गर्नु असंवेदनशीलताको उदाहरण भएको बताएका हुन् ।

‘पानी पनि नखाई ब्रत बसेका मुस्लिम समूदाय कसरी भोट दिन जान सक्छन् ?,’ राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार निजी निवास बालकोटमा बुझाएको ज्ञापन पत्र लिंदै ओलीले भने, ‘धार्मिक आस्थासँग जोडिएको विषयलाई हल्कारुपमा लिनु हुँदैन ।’

ओलीले ५ प्रतिशतभन्दा ठूलो संख्यामा रहेका मुस्लिम समूदायलाई मतदानबाट बञ्चित गर्न नसकिने धारणा राखे । ‘मैले संसदमा यो कुरा हिजो पनि राखिसकेको छु,’ उनले भने, ‘तर मैमत्त सरकारले के सुन्ला ?’

ओलीलाई गठबन्धनका संयोजक समीम अन्सारी नेतृत्वको टोलीले संविधान संशोधनमा मुस्लिम समूदायको उच्चारणसमेत नभएको भन्दै ध्यानाकर्षण गराएको छ ।

यो पढ्नुस्:

संसोधनमा एमाले तर्सनुको कारण यस्तो छ

संसोधन पास हुन नदिने एमालेको निर्णय

एमालेद्वारा संसद अवरुद्ध