१४ चैत, विराटनगर ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले हामीले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्दै परनिर्भर होइन कि आत्मनिर्भर बन्नुपर्छ भने ।

baburam bhattarai birjung 221115

फाइल तस्विर

अर्को प्रसङ्गमा उनले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा मुलुकको सात प्रदेशमै भौगोलिक सीमाङ्कन मिलाएर मधेसको समस्या समाधान गर्नुपर्ने धारणा प्रकट गरे ।

बाबुराममाथि मुद्दा हाल्ने तयारीमा वाइसीएल

चीन जाने वित्तिकै ओलीमाथि खनिए बाबुराम

उनले राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुनुपर्नेलगायत संविधानमा देखिएका अपूर्णतालाई संसद्मार्फत संशोधन गरी अगाडि बढ्नुपर्ने सुझाव पनि दिए ।