२३ मंसिर, धनगढी ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधान संशोधन प्रस्तावको विषयलाई लिएर नेकपा एमालेले सरकारले राष्ट्रघात गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

दलहरुको रबैयाले देश संकटतर्फ धकेलिंदै

उनले कांग्रेस–एमालेले ल्याएको विगतको प्रस्ताव अनुुसार नै पहाड र तराईलाई छुट्याएको प्रस्ताव अहिले ल्याएको बताएका हुन् ।

oli prachanda serious look

‘पाँच नम्बर प्रदेशमा पहाडी जिल्ला पहाडमै राख्ने र तराईको जिल्ला तराईमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै थियो । ६’७ पानाको त्यस प्रस्तावमा केपी ओलीजीले हस्ताक्षर गर्नुभएको छ । सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ,’प्रचण्डले भने,‘त्यही प्रस्तावलाई हल्का संशोधन गर्दा राष्ट्रघाती हुने तर उहाँहरु चाहीँ राष्ट्रवादी हुने ? बडो बिचित्रको स्थिति देखिरहेको छु मैले ।’

ओली र मोर्चा मनाउने प्रचण्डको नयाँ सुत्र
जुत्ताकाण्डबारे बाबुराम बोले- ‘सामान्य कुरा हो, महत्व दिनु जरुरी छैन’