२३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतपत्र च्यातिनु कुनै नयाँ कुरा नभएको बताएका छन् ।

संसद बैठकमा बोल्दै देउवाले एमाले अध्यक्ष केपी ओलीले उठाएका प्रश्नको जवाफ दिने क्रममा देउवाले भने, मतपत्र यसअघि पनि त्यातिका छन्, यो नयाँ होइन, पुनः मतदान पनि भएका छन् ।

उनले थपे, भरतपुरमा मतपत्र च्यात्तिएको र पुनः चुनावको विषय सर्वोच्च अदालतमा गएकाले म केही भन्न चाहन्छ । ओलीले आफूलाई लोकतान्त्रिक भन्ने दल नेपाली काँग्रेसले मतपत्र च्यात्ने काम गलत भएको भन्न नसकेको प्रश्न उठाएका थिए ।

प्रधानमन्त्रीले बिचमा किन राजीनामा दिएको भन्ने ओलीको जिज्ञासा मेट्दै देउवाले भने, ‘यस्तो चिन्ता पछि पनि कायम गरिदिनुहोला धन्यवाद ।’