१८ मंसिर,काठमाडौं । चर्चित बुद्धजीवी तथा विश्लेषक सौरभले सुन्दा अनौठो लाग्ने दाबी गरेका छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वाता दिदै उनले केपी ओली केही गरि प्रधानमन्त्रीबाट हटे त्यसपछि प्रधानमन्त्रीमा सबै भन्दा बढि संभावना बहालवाला राष्ट्रपति विद्या भण्डारीको भएको रोचक प्रक्षेपण गरे।

शौरभ-राजनैतिक विश्लेषक

सौरभले टिकाराम यात्रीको टक सो ‘तमसोमा ज्योतर्गमय’मा बोल्दै भने, ‘अहिले राजनीतिको बजारमा के चलिरहेको छ भने ओली केही गरि प्रधानमन्त्री हुनु भएन भने अब हुने प्रधानमन्त्री हाम्रो राष्ट्रपति हो।’

‘यो अहिले भित्रै सर्कलमा छ । पहिले देखि नै त्यो कोशिस छ। एउटा सर्कलले त्यो कोशिस गरिराखेको छ। माओवादी सर्कलले त्यो कोशिस गरिराखेको छ। माओवादीबाट छुटेर गएकाहरु पनि त्यो लाइनमा छन छुट्टै पार्टी खोलेपनि। त्यसको पछाडी एउटा अभिष्ट छ।’ 

विद्या भण्डारीपछि ओलीको उत्तराधिकारीका रुपमा दोस्रो पात्र हालका उपप्रधान तथा रक्षा मन्त्री  इश्वर पोखरले भएको बताए ।

यसका लागि सौरभले केही आधार पनि दिए,’जनताले परफर्म्यान्स देखेको छैन् त्यसैले शुरुको चरणमै डाइजेस्ट गर्छ, काँधमा बन्दुक राखेर घोडा दबाउन बिदेशी शक्तिलाई सजिलो हु्ुन्छ। ‘