२१ भदौ, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर शुक्रबार स्वदेश फर्किइसकेका छन्। उनि नियमित काम गर्न सक्ने गरि स्वास्थ्य लाभ गरेर स्वदेश फर्किएका हुन् ।

उनक फिर्ति संगै अब के होला भन्ने कुरा सबै भन्दा पेचिलो बनेको छ।  दुइ तिहाई समर्थनमा बनेको सरकारलाई कतैबाट खतरा देखिन्न् । प्रतिपक्षीको आवाज पनि सुनिन छाडेको अवस्थामा ओलीले फेस गर्ने सवै भन्दा ठुलो ‘च्यालेन्ज’ पार्टी भित्रैबाट हो।

यतिखेर ओली समक्ष तत्कालका लागि दुइ प्रश्न मूख्यरुपमा तेर्सिएका छन्। 

पहिलो प्रश्न, नेकपाको आन्तरिक राजनीतिलाई लिएर छ । पार्टीको अन्तरविरोध कुन दिशा तर्फ अघि बढ्ला ? राजनैतिक वृतमा चर्चा भएको अर्का अध्यक्ष प्रचण्डले एकल अध्यक्ष पाउने व नपाउने के संभावना होला ?

विदेश जानुअघि ओलीले आफूले समेत  पार्टी अध्यक्षको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । अब दुइ अध्यक्षको पावर शेयरिङ कसरी अगाडी बड्ला ?

यो प्रश्न जति जटिल छ, यसको हल गर्दा वा नगर्दा आउने सक्ने परिणाम पनि उत्तिकै जटिल छ।  तर बल ओलीको कोर्टमा रहेकाले यसको उत्तर पनि उनैबाट आउने नै छ ।

दोस्रो प्रश्न सरकारको परफर्मेन्सको विषयमा छ। स्वयम प्रधानमन्त्री पनि जानकार होलान सरकार चाहे जसरी चलाउन सकिएको छैन्। विशाल जनमतको सम्मान हुने गरि अगाडी बढ्न केही न केही त गर्नेपर्ने देखिन्छ।

सरकारको नेतृ्त्व कर्ताका रुपमा ओलीले कसरी बढालाउन त आफ्नो टिमको क्षमता ? 

मन्त्रिपरिषद फेरबदलको संभावना पनि छ कि ? मन्त्रिपरिषदमा परिवर्तन भए क कसको संभावना छ ? प्रश्नहरु पार्टीभित्र पनि छन्, बाहिर पनि छन्।

यो पनि पढ्नुस- ओली आउनेबित्तिकै प्रचण्ड बालुवाटारमा