२६ फागुन, एजेन्सी । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।

कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कतारमा चार लाखभन्दा धेरै नेपाली छन् । कतारले रोक लगाएपछि नेपालबाट कतार जाने नेपाली कामदारहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ । रोक लगाएसँगै छुट्टीमा आएका नेपाली कामदारहरु पनि कतार फर्कन नपाउने भएका छन् ।