२४ माघ, एजेन्सी । कतार एयरवेजले १६ घण्टा २३ मिनेट लामो लगातार उडान भरेर आफ्नो कीर्तिमान राखेको छ । उक्त एयरले १४,५३५किलोमिटर दुरी पार गर्दै सो कीर्तिमान बनाएको हो ।

उक्त विमान शुक्रवार दोहाको स्थानिय समयअनुसार ५ बजेर १० मिनेटमा उडेको थियो भने सोमवार विहान ७ बजेर २५ मिनेटमा अक्ल्याण्ड विमानस्थलमा अवतरण भएको थियो ।

यसअघि सन् २०१६ मा रसियाली द्रुत गतिको एमआजी ३१ विएम नामक विमानले ७ घण्टा ४ मिनेटसम्म हावामा उडेर आफ्नो रेकर्ड बनाएको थियो ।