मात्र ११ हजार ५८६ वर्ग किलोमिटरमा फैलिएको कतार क्षेत्रफलका हिसावले सानो भए पनि अन्य कारण भन्ने भव्य प्रतित हुन्छ। सन १९७१ मा बेलायतबाट स्वतन्त्र भएको कतार संसारकै धनि मुुलुक भन्दा पत्यार नलाग्न सक्दछ ।

प्रस्तुत छ संसारलाई चकित पार्ने कतारका रोचक पाटाहरु

१. सर्वाधिक धनी देश

सानो भए पनि प्राकृतिक संसाधनले भरिपुर्ण कतार संसारकै सबै भन्दा धनि देश हो। कतारको प्रतिव्यक्ति आय १ लाख २४ हजार ९ सय २७ अमेरिकी डलर छ जुन युरोपको सर्वाधिक धनी लक्जेम्वर्ग र चिनियाँ जुवा घर मकाउ भन्दा धेरै हो। कतारसंग दुनियाँकै उत्कृष्ट  मध्येको एक एअरलाइन्स छ । कतारले सन २०२२ को क्रिकेट वर्ल्डकपको लागि ९ वटा स्टेडियम बनाउँदैछ।

२.भुकम्पै नआउने देश

पत्यार नलाग्न सक्छ भुकम्पको हिसावले कतार संसारको सवै  भन्दा सुरक्षित देश हो। वैज्ञानिकहरुका अनुसार कतारमा भुकम्प जाने संभावना मात्र ०.१ प्रतिशत मात्र छ। 

३. पुर्ण रुपमा समथर देश

कतारमा डाँडाकाँडाको कल्पना नगरे पनि हुन्छ। कतार मालदिभ्सपछि को सबै भन्दा सम्म जमिन भएको देश हो। त्यसैले हाइकिङका लागि भने कतार बोरिङ हुन सक्दछ तर कतारमा हेर्ने अरु कुरा प्रशस्तै छन् ।

४. जंगल विनाको देश

कतारमा एउटै पनि जंगल छैन् । कतार, सान मारिनो, आइसल्याण्ड र आोमान संसारका चार देश हुन जहाँ जंगल भेटिन्नन्। 

५. एउटै मात्र जोडिएको छिमेकी

जमिन जोडिएको छिमेकी कतारको एउटै छ त्यो हो साउदी अरब।  कतार एलएनजी सर्वाधिक उत्पादन गर्ने टप टेन देशमा पर्दछ। 

६. ठुलो एअरपोर्ट

सानो देशको कतारको हमाद इन्टरनेशलन एअरपोर्ट संसारकै नवौ ठुलो एअरपोर्ट हो। यो एअरपोर्ट सन २०१४ मा मात्र खुलेको थियो जसले वर्षनी ५० मिलियन यात्रु सम्हाल्न सक्छ। 

७. शहरिया देश कतार

कतारको राजधानी दोहामा १.८ मिलियन मानिस बस्दछन हुन कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढि हो।

८. महिला भन्दा पुरुष बढि

कतारमा महिला र पुरुषको संख्यामा ठुलो अन्तर छ। पुरुषहरु महिला भन्दा ३ गुणा बढि छन् ।