२२ पुस, काठमाडौं । पर्साको एक कपडा उद्योगमा आगलागी भएको छ । वीरगञ्ज महानगरपालिकाको कुमाहल टोलस्थित सरस्वती कपडा उद्योगमा आगलागी भएको हो ।

आगलागीपछि अलिले त्यहाँ प्रहरी पुगिसकेको छ भने दमकल पनि पुगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगोले उद्योगमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट भएको छ ।

फाइल तस्बिर

केहीबेरअघि देखि शुरु भएको आगो के कसरी लाग्यो भन्नेबारेमा खुलिनसकेको प्रहरीको भनाई छ । आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयबासी जुटिसकेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।