३ भदौ, एजेन्सी । प्रायजसो कपिल शर्माको नाममा सामाजिक सञ्जालमा चुट्किलाहरु भाइरल भइरहेका हुन्छन् । यसमध्ये केही साँच्चै उनका हुन्छन् भने कतिपयमा उनका नाममात्र घुसाइएका हुन्छन् ।

यस्तैक्रममा ट्वीटरमा एक चुट्किला भाइरल भइरहेको छ । जसमा महिलाहरुको लागि अपमानजनक शब्दहरुको प्रयोग भएको थियो । यस्तो चुट्किला सार्वजनिक भएपछि उनको विषयमा ट्वीटरमा गाली गरिरहेका छन् । सामाजिक सञ्जालमा आफूमाथि गाली वर्सन थालेपछि कपिल शर्मा आफैँले यसको विषयमा बोलेका छन् ।

‘आवारा लड्का राज’को ट्वीटर ह्याण्डलबाट अश्लिल चुट्किला पोस्ट भएको थियो । अश्लिल चुट्किलाको सबैभन्दा तल सानो अक्षरमा कपिल शर्मा पनि लेखिएको थियो । चुट्किला पढेपछि वेणी माधव नामका एक महिला प्रयोगकर्ताले लेखेकी छन्, ‘आवारागर्दीको लागि ट्वीटर नै भेटिएको छ ? आवारागर्दीको शोख ट्वीटरमा नपाल्दा राम्रो हुन्छ, यामो सामाजिक सञ्जाल हो । प्रहरीले तिमिलाई समात्न केही बेर पनि लगाउँदैन । जे लेखेपनि मर्यादामा रहेर लेखौँं ।’

वेणीको कमेन्टमा रिप्लाई दिँदै लाडो नामको ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘धम्की दिनुभन्दा पहिला अन्तिम लाइन पनि पढ्नुभाको भए हुन्थ्यो । यी शब्दहरु कपिल शर्माका हुन् । सक्नुहुन्छ भने उसलाई ब्लक गर्नुस् र मुद्दा लड्नुस् । सक्नुहुन्छ भने उसलाई बाइकट गर्नुस् र सोनी टिभीलाई पनि । ट्वीटरमा सामाजिक कार्यकर्ता बन्न छाड्नुस् ।’

अब लाडो नामको ट्वीटर ह्याण्डललाई रिप्लाई दिँदै कमेडियन कपिल शर्माले यी शब्दहरु आफ्नो नभएको स्पस्टोक्ति दिएका छन् । उनले लेखेका छन्, ‘आदरणीय दिदीबहिनी, तपाइ प्रतिक्रिया दिनुभन्दा पहिला बास्तविकता बुझ्नुस् । त्यो मेरो शब्द होइन । बाँकी रामजीले सबै ठिक गर्नुहुन्छ । धन्यवाद ।’