३ असोज, एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र कमेडियन कपिल शर्मालाई नमज्जाको झट्का लागेको छ ।

अमिताभ र कपिलको शोले भारतीय टिआरपीमा आफूलाई यथास्थितिमा कायम राख्न सकेनन् । भारतीय टिआरपीको उत्कृष्ठ ५ मा यी दुबै शोहरु पर्न सकेका छैनन् ।

गत साता ‘द कपिल शर्मा शो’ तेश्रो स्थान र ‘कौन बनेगा करोडपति ११’ टिआरपीको चौथो स्थानमा थियो । त्यसैगरी अर्को चर्चित हास्यसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ पनि उत्कृष्ठ पाँचमा पर्न सकेको छैन ।

यो साता पहिलो, दोश्रो र तेश्रो स्थानमा क्रमशः ‘कुण्डली भाग्य’, ‘कुमकुम भाग्य’ र ‘ये रिस्ता क्या कहेलाता है’ रहेका छन् । त्यसैगरी चौथो स्थानमा ‘तुजसे है राब्ता’ आइपुगेको छ ।