५ भदौ, एजेन्सी । कमेडियन कपिल शर्माले हालसालै आफ्नो पहिलो पारिश्रमिकको बारेमा खुलासा गरेका छन् । उनले कपडा उद्योगमा काम गर्दा महिनाको १५ सय रुपैयाँ पाएको आफ्नो टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा बताएका हुन् ।

भारतीय टेलिभिजनमा यस्ता कैयौं सेलिब्रेटी छन्, जसले आफ्नो पहिलो पारिश्रमिक सार्वजनिक गरेका छन् । आज हामी भारतीय टेलिभिजन सेलिब्रेटीहरुमध्ये केहीको पहिलो पारिश्रमिकको बारेमा जानकारी गराउनेछौं ।

भारतीय टेलिभिजनमा चर्चित अनुहारमध्येको एक हो हिना खान । उनको पहिलो तलबको रुपमा ४५ हजार रुपैयाँको चेक पाएको बताएकी छन् । भारतीय मिडियाका अनुसार उनले उक्त चेक ‘ये रिश्ता क्या कहलाता है’को केही श्रृंखला छायांकन गरेकोले दिइएको थियो ।

सिरियल ‘ये हैं मोहब्तें’की कलाकार दिव्यांका त्रिपाठीले पनि आफ्नो पहिलो पारिश्रमिकको खुलासा गरेकी छन् । उनले आफू भोपालको अल इंडिया रेडियोमा एक कार्यक्रम चलाउने गरेको बताइन् । यसको लागि उनलाई एउटा कार्यक्रमको २ सय ५० रुपैयाँ पाउने गरेको खुलाइन् ।

चर्चित सिरियल ‘एफआईआर’की कलाकार कविता कौशिकको कलेज पढ्ने क्रममा पहिलोपटक जागिर खाएकी थिइन् । उनले एक टेलिभिजनको शोमा होस्टको काम गर्थिन् जसको लागि उनले १५ सय रुपैयाँ पाउने बताइन् ।

शिखा सिंहलाई कुमकुम भाग्यले देशभर चिनायो । शिखाले एक भारतीय मिडियासँगको अन्तर्वार्तामा ८ वर्ष अघि शो ‘सलाम जिन्दगी’को लागि ५० हजार रुपैयाँ पाएको बताएकी छन् । यद्यपि उनले अभिनय गरेको उक्त एपिसोड भने प्रसारण भएको थिएन ।

सिरियल ‘माता की चौकी’की कलाकार मुस्कान अरोडाले १४ वर्षअघि टेलिभिजन विज्ञापन सुटिङ गरेकी थिइन् । उक्त विज्ञापन सुटिङबाट उनले १५ सय रुपैयाँ कमाएकी थिइन् । यो नै उनको पहिलो पारिश्रमिक हो । मुस्कानले त्यो पैसाले मोबाइल रिचार्ज र सपिङ गर्न चाहन्थिज् तर बाटोमा उनको पर्स चोरी भएको एक अन्तर्वार्तामा बताइन् ।