२ फागुन, एजेन्सी । भारतीय कमेडियन कपिल शर्मा शो को चर्चा भारतमा मात्र नभएर हिन्दी भाषा बुझ्ने सबैतिर चर्चित छ । यो शो भारतका टेलिभिजन शोमध्ये सबैभन्दा चर्चित शोमध्येमा पर्छ । कपिल शर्मा, कृष्णा अभिषेक, भारती सिंह लगायतका अन्य कलाकारहरुले शोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गर्छन् । दर्शकलाई गज्जबसँग हसाउने उनीहरुको कमाई कति छ त ?

कपिल शर्माः कपिलले कमेडी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनलाई दर्शकहरुले मात्र नभएर हरेक सेलिब्रेटीले पनि सम्मान गर्ने गर्छन् । कपिलले एक विकेन्डको १ करोड रुपैयाँ लिने गरेका छन् । उनी आफैँले पनि वर्षमा १५ करोड ट्याक्स तिर्ने गरेको खुलासा गरेका थिए ।

कृष्णा अभिषेकः रिपोर्टका अनुसार सपनाको भूमिका निर्वाह गर्ने कृष्णाले प्रत्येक हप्ता १० देखि १२ लाख रुपैयाँसम्म लिने गरेका छन् ।

भारती सिंहः पहिलो भारतीय महिला कमेडियनको रुपमा परिचित भारती सिंह शो मा विभिन्न भूमिकामा देखिने गर्छिन् । उनले एक हप्तामा १० देखि १२ लाख रुपैयाँ लिने गरेका छन् ।

bharati engaged

सुमोना चत्रवर्तीः कपिल शर्माको मायाका पागल भूरीको भूमिका निर्वाह गर्ने कलाकार सुमोनाले एक साताको २ देखि ४ लाख रुपैयाँसम्म लिने गरेकी छन् ।

चन्दन प्रभाकरः अक्षय कुमार आएको एपिसोडमा चन्दनको सम्झौता पत्र पढ्दै उनले पारिश्रमिक सार्वजनिक गरेका थिए । चन्दुको भूमिका निर्वाह गर्ने उनले एक हप्ताको ५ लाख रुपैयाँ लिने गरेका छन् ।

अर्चना पुरन सिंहः नवजोत सिंह सिद्धुको स्थानमा आएकी अर्चना पुरन सिंहलाई सिद्धुको भन्दा कम रकम मिलेको उनी आफैँले खुलासा गरेकी छन् । यद्यपि उनले कति रकम पाउछिन् भन्ने विषयमा खुलासा भएको छैन ।