२९ पुस, एजेन्सी । कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ दर्शकहरुलाई लगातार मनोरञ्जन दिइरहेको छ । शोमा अहिले अर्चना पुरन सिंहले नवजोद सिंह सिद्धुको स्थान ओगटेकी छन् । अब शोमा छिट्टै नवजोद सिंह सिद्धुपनि देखिने भएका छन् ।

खासमा शोमा शिल्पा शेट्टी आएकी छन् । सामाजिक सञ्जालमा शिल्पाले कैयौँ फोटोहरु सार्वजनिक गरेकी छन् । एक भिडियोमा शिल्पा कपिल शर्मासँग नाचेको देखिएको छ । कपिल शर्मा सरदारको भेषमा देखिए ।

कपिलले निलो कुर्ता–पायजामा र पहेँलो पगडी लगाएका छन् । यो लुक्समा कपिल नवजोद सिंह सिद्धु जस्तै देखिएका छन् । सामाजिक सञ्जालमा उनलाई सिद्धुको कपि भनिएको छ । कपिल शर्माले नवजोद सिंह सिद्धुको भूमिकामा देखिएको यो दोश्रोपटक हो ।