२७ साउन, काठमाडौं । भदौ १७ लाई प्रदर्शन मिति तोकेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक भएको छ ।

गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको लेखन तथा गायक छ । गायनमा बाँस्कोटालाई अनुपम शर्माले साथ दिएका छन् । गीतमा सन्नी सुनामको संगीत छ ।

गीतको भिडियोमा कालीप्रसादको र्‍याप देख्न सकिन्छ भने उनी र्‍यापरको भेषमा देखिएका छन् । बिनु कर्माचार्यको कोरियोग्राफी रहेको गीत तथा भिडियोको कन्सेप्ट कालीप्रसाद आफ्नै हो ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानीमा बन्न लागेको चलचित्रको सह–निर्माता रुदेन सदा लेप्चा हुन् ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठुकरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेनछ ।