३० भदौ, काठमाडौं । असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को माया पिरती बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन् । काली प्रसाद बास्कोटाको गायन, शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन सनी सुनमको रहेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ र उपसनासँगै विल्सन विक्रम राई, कर्म शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायत कलाकारको अभिनय छ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी छ ।

जातिय विवाह र अन्र्तजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठ र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।