बलिउड निर्देशक करण जोहरले अब उनको निर्देशनमा बन्न लागेको फिल्म ‘तख्त’को पहिलो झलक सार्वजनिक गरेका छन। इन्स्टाग्राममा सार्वजनिक गरिएको भिडियोमा एक तख्त (सिट) देख्न सकिन्छ, र ब्याकग्राउन्डमा विक्की कौशल र रणवीर सिंहको आवाज सुनाइएको छ।

फिल्म मल्टीस्टारर हुनेछ। रणवीर सिंह, विक्की कौशल, करिना कपूर खान, भूमि पेडनेकर, आलिया भट्, जाहन्वी कपूर र अनिल कपूर फिल्ममा देखिनेछन्। फिल्मको सुटिङ यहि मार्चबाट सुरु हुनेछ। र फिल्म २०२१ को २४ डिसेम्बरमा रिलिज हुनेछ।

यसको कहानी भारतको मुगल समयको घटनाक्रममा आधारित छ। त्यसैले यसमा आबद्ध कलाकारले उर्दु भाषा सिक्न सुरु गरेका छन्।