१२ चैत, काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिक रहेका छन् । उनलाई मंगलबार राति महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर ती किशोरीलाई भुवनले जबरजस्ती करणी गरेको महानरीय प्रहरी वृत्तले जनाएको छ ।

पीडित किशोरीलाई स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।