करण जोहरको महत्वाकांक्षी प्रोजेक्ट, फिल्म ‘कलंक’ अप्रिल १७ मा रिलिज भयो। अभिशेक भर्मनको निर्देशनमा बनेको यो फिल्मले पहिलो शुक्रबार १०.७५ करोड भारु कमाएको थियो। आइतबारसम्म यसको कमाइ ४२.४५ करोड भारु पुगेको छ।

फिल्म अघिल्लो बुधबार रिलिज भएको हो। पहिलो दिन मै २१.६ करोड भारु कमाएर वर्षकै ठुओ ओपनर बनेको छ।

फिल्मले दर्शक तथा क्रिटिकबाट मिश्रित प्रतिक्रिया पाएको छ। फिल्मको स्क्रिनप्ले, इडिटिङ र समयलाई लिएर राम्रो प्रतिक्रिया आएको छैन। फिल्म २ घण्टा ५० मिनेटको छ।

सन् १९४० को सेटमा सुटिङ गरिएको यो फिल्मले बलिउडको दुइ चर्चित जोडीलाई संगै देखाएको छ। आलिया भट् र वरुण धवन अनि माधुरी दिक्षित र संजय दत्त। संजय र माधुरी २२ वर्षपछि संगै फिल्ममा देखिएका हुन। अन्तिम पटक यो जोडीले सन् १९९७ मा ‘महानता’ फिल्ममा अभिनय गरेको थिए।

कलंकमा सोनाक्षी सिंन्हा, आदित्य रोय कपुर र कुनाल खेमुको पनि अभिनय छ।