१२ फागुन, काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया जदौ’ बोलको गीतमा कलाकारको बजार रहेको छ ।

बजार यस अर्थमा कि नेपाली फिल्म क्षेत्रका अधिकाम्स कलाकार गीतमा देखेका छन् । गीतमा राम कृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको संगीत संयोजन तथा कवीराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की लगायतको मुख्य भूमिका रहनेछ ।

यी सँगै हाँस्यव्यंग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारी लगायतले समेत फिल्ममा काम गरेका छन्। फिल्मको कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् भने लेखन कार्य सन्दीप कृष्णले गरेका छन् । चलचित्र साकार पन्तले निर्देशन गरेका हुन् ।