२ भदौ, एजेन्सी । अनुच्छेद ३७० हटाएपछि जम्मू–कश्मीरमा इन्टरनेट सेवा बन्द छ । एक दिनको लागि खोलिएको इंटरनेट सुरक्षा संवेदनशीलताको कारण फेरि इंटरनेट सेवा बन्द गरियो ।

तर, इंटरनेट बन्द भएपछि कश्मीरबाट एउटा अचम्मको कुराको खुलासा भएको छ । इंटरनेट बन्द भएपछि पनि अलगाववादी नेता सैय्यद अली शाह गिलानीको ट्वीटर अकाउन्ट सक्रिय छ ।

यस सम्बन्धमा भारत सञ्चार लिगम लिमिटेडका अधिकारीहरु पनि अचम्मित भएका छन् । सबैतिर बन्द गरेता पनि सैय्यद अली शाह गिलानीलाई इंन्टरनेट सेवा दिएको भन्दै लिमिटेडका अधिकारीहरुमाथि शंका गरिएको छ ।

प्रतिबन्धको बावजुद पनि गिलानीको अकाउन्टबाट ट्वीट भइरहेको छ । गिलानीको ट्वीटर अकाउन्टबाट लगातार भारत विरोधी पोस्ट भइरहेको छ ।