३२ साउन, एजेन्सी । जम्मू–कश्मीरको राजौरीमा पाकिस्तानी सेनाले एकपटक फेरि युद्धविरामको उल्लंघन गरेको छ ।

नौशेरा क्षेत्रमा सीमामा शनिबार बिहान ६ः३० बजे पाकिस्तानी सेनाले गोलीबारी गरेको छ । जसमा भारतीय सेना ३५ वर्षीय सन्दीप थापाको मृत्यु भएको छ ।

जवाफमा भारतीय सेनाले पाकिस्तानी सेनाको एउटा चौकीमा बम फालेको छ । जसबाट चौकी पूर्णरुपमा क्षति पुगेको छ ।

यसअघि पनि पाकिस्तान र भारतको सिमाना एलओसीमा भएको दोहोरो भिडन्तमा तीन पाकिस्तानी र पाँच भारतीय सैनिकका मृत्यु भइसकेको छ ।