२८ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू कश्मीर मुद्दामा मध्यस्थताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् ।

अमेरिकाका लागि भारतका राजदूत हर्षवर्धन श्रृंगलाले यसबारे जानकारी दिएका हुन् । एक अमेरिकी टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै श्रृंगलाले भने, जम्मू कश्मीरमाथि मध्यस्थता तव स्वीकार्य हुन्छ जब भारत र पाकिस्तान दुवैलाई स्वीकार्य हुन्छ भनेर अभिव्यक्ति दिइसकेका छन् । भारतले पहिले नै मध्यस्थताको प्रस्ताव अस्वीकार गरिसकेको उनको भनाई छ ।

अमेरिकाको दशकौं पुरानो नीति कश्मीर मामिलामा मध्यस्थता गर्ने नभएको उनले बताएका छन् ।
पाकिस्तान भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले कश्मीर मुद्दामा मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएको समाचार आएको थियो ।