२४ भदौ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि कश्मीर मुद्दामा आफ्नो अभिव्यक्ति दिएका छन् ।

उनले भारत र पाकिस्तानको बीचमा उत्पन्न तनाव कम गर्नका लागि मद्दत गर्ने इच्छा व्यक्त गरेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । “तपाइहरुलाई थाहा छ अहिले भारत र पाकिस्तानबीच कश्मीरको विषयमा अहिले तनाव चलिरहेको छ”, उनले भने, “तर मलाई लाग्छ दुई हप्ता अघिको भन्दा अहिले तनाव निकै कम भइसकेको छ ।”

उनले यदि दुवै देशले चाहेमा अमेरिका मद्दत गर्न तयार रहेको पनि बताए । गएको जुलाईमा जब पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका गएका थिए त्यतिबेला ट्रम्पले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए । तर त्यो प्रस्ताव भारतले अस्वीकार गरेका थिए ।