१६ मंसिर, एजेन्सी । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा कपिल शर्मा र उनको पूरै टीम दर्शकलाई हसाइरहेका हुन्छन् ।

शो त सबै दर्शकहरुले हेर्छन् तर केही कुराहरु यस्ता हुन्छन् जो दर्शकहरुको पहुँचभन्दा टाढा हुन्छ, जुन स्टेजभन्दा पछाडी हुन्छन् । कपिल शर्मा शो देख्नलाई एकदमै आकर्षक देखिन्छ । शो को सेटलाई घरको जस्तो आकृति दिइएको छ । त्यो घरभन्दा पछाडि के हुन्छ ?

शोको स्थायी गेस्टको भूमिकाको रुपमा रहेकी अर्चना पुरन सिंह पछिल्लो केही समयदेखि इंस्टाग्राममा शो को पछाडिको तस्बिरहरु सार्वजनिक गर्न थालेकी छन् । केही समयअघि उनले सेयर गरेको एक भिडियोमा सेट पछाडि बसेका कपिल शर्मालाई पनि देखिएको छ । अहिले उनले एक भिडियो सार्वजनिक गरेकी छन् ।

भिडियोमा बच्चा यादवको घर र बाल्कोनीको साथमा सपना व्युटी पार्लरभित्रको सेटको दृश्य सार्वजनिक गरेकी थिइन् । अर्चना पुरन सिंहले गेस्ट रुमबाट यो भिडियोको रेकर्ड गर्न शुरु गरिन् । सुटिङको तयारी चलिरहेको बेला अर्चनाले पछाडी बसेका दर्शकहरुसँग भिडियो खिचिरहेकी हुन्छिन् ।