२५ वैशाख, एजेन्सी।

अमेरिकी परमाणु वैज्ञानिक सिग्फ़्राइड हेकर ती चुनिएका व्यक्ति मध्येका एक हुन जसलाई उत्तर कोरियाको परमाणु संयन्त्र हेर्न आमन्त्रित गरिएको थियो।

हेकरले बीबीसीको एक रेडियो कार्यक्रममा सन् २०१० को आफ्नो यात्रा स्मरण गर्दै उत्तर कोरियाको कार्यक्रमको बारेमा जानकारी दिएका छन्।

यो भन्दा अघि विश्वको कुनै बाहिरी व्यक्तिले उत्तर कोरियाको परमाणु प्रतिष्ठान यति नजिकबाट देखेका थिएनन्।

उनको यो यात्रा पश्चात उत्तर कोरियाको परमाणु कार्यक्रमको बारेमा विश्वले व्यापक जानकारी पाएको थियो।

हेकर याद गर्छन्, ‘सबैभन्दा पहिले त म निकै चकित थिए किनकी म यस्तो भवनमा गएको थियो जुनमा म पहिले पनि गइसकेको थिए। अब यो पुरै परिवर्तन भएको थियो।’

उनले भने, ‘हामी दोस्रो तलामा गयौ । हामीले निरीक्षण गर्ने झ्यालबाट तलको ठूलो हलमा हेर्यौं। जहाँ २ हजार ‘मेटल सिलिन्डर’ थिए जसलाई एक दोस्रोसंग जोडिएको थियो।’

ती सिलिन्डर सेट्रिफ्युज थिए जसले प्राकृतिक युरेनियमलाई परमाणु बममा प्रयोग गर्न मिल्ने बनाउँथे।

हेकर भन्छन्, ‘म चकित थिए। किनकी मैले यति ठूलो क्षमता भएको प्रतिष्ठान देख्ने सोचेको पनि थिइन।’

हेकरले परमाणु प्रतिष्ठानको नियन्त्रण कक्ष पनि देखे जसमा पुराना जमानाका चार्ट र डायलको ठाँउँमा नयाँ प्रविधिका फ्ल्याट स्क्रिन थिए।

हेकर भन्छन्, ‘यो स्पष्ट थियो कि उत्तर कोरिया विश्वको भनिरहेको थियो कि अब हामी केवल प्लुटोनियम बम मात्र होइन अत्याधिक समृद्ध युरेनियम बम पनि बनाउन सक्छौ।’

युरेनियम बम सजिलो अनि छिटो बनाउन सकिन्छ।

हेकर भन्छन्,’ म यो निष्कर्श पुगेको थिए कि यो क्षमता यस्तै अर्को परमाणु प्रतिष्ठान बिना हासिल गर्न सकिदैन।’

हेकरको सन् २०१० को यो यात्राले उत्तर कोरियाको परमाणु कार्यक्रमको बारेमा बाहिरी विश्वलाई महत्वपूर्ण जानकारी दियो।

हेकर भन्छन्, ‘यो भन्दा पहिले कोही बाहिरी व्यक्ति उत्तर कोरियाको परमाणु प्रतिष्ठानमा गएको थिएन। यस्तोमा जे पनि अनुमान उत्तर कोरियाको युरेनियम संवर्धनको क्षमता, हतियार बनाउने क्षमताको बारेमा लगाइएको थियो ती सबै त्यो आधा घण्टाको यात्राले झुठो सावित गर्यो।’

उत्तर कोरियाले हालैका महिनामा परमाणु र मिसाइल परीक्षण गरेको छ।
संयुक्त राष्ट्रको प्रतिबन्ध लत्याउँदै गरिएको यी परीक्षणको कारण एक पटक फेरी कोरियाली प्रायद्वीपमा तनाब बनेको छ। कयौं विश्लेषक यसलाई निकै खतरनाक स्थिति मान्दैछन्।